कीवर्डहरू -

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड निअर फिल्ड कम्युनिकेसनमा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये पहिलो बैंक हो ।

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव दिन खोजेको जनाएको छ ।