कीवर्डहरू -

ई विजनेस पोलिसी सम्बन्धी शुक्रबार छलफल हुँदै, यस्तो छ कार्यक्रमको तालिका

ई विजनेस पोलिसी सम्बन्धी शुक्रबार छलफल हुँदै, यस्तो छ कार्यक्रमको तालिका

शुक्रबार अर्थात भोली ‘ई विजनेस पोलिसी फोरम’ आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह आयोजनामा ई विजनेस पोलिसी फोरम  कार्यक्रम आयोजना हुन लागेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त वक्ताहरुको सहभागिता रहने उक्त फोरममा नेपालमा इ–व्यवसायको नीति, कानुन तथा अभ्यासको बारेमा छलफल हुनेछ ।

जसमध्ये नेपालमा इ–कमर्स सम्बन्धि नीतिगत व्यवस्था, नेपालमा इ–कमर्सका अवसर तथा चुनौतिहरु, इ–कमर्स व्यवसायको दिगोपन, इकमर्शको क्षेत्रमा प्रतिलिपि अधिकार, इकमर्श र उपभोक्ता संरक्षण जस्ता विषयहरु प्रमुख छन् ।

जुम प्लेटफर्ममा आधारित यस फोरममा ३०० जना सहभागीहरुको प्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ ।

सूचना प्रविधिको विकासले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको सदुपयोग र विकाशकालागि सरोकारवालाहरुको सहकार्यमा इ–बिजनेशको क्षेत्रका विभिन्न विषयमा छलफल गरी सम्बन्धित निकायलाई ई–बिजनेशको नीति तथा कानुनको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले फोरम आयोजना गर्न लागिएको जानकारी आयोजक मध्येका नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

हरेक वर्ष डिसेम्बर ४ तारिखमा फोरम आयोजना गर्ने प्रतिवद्धता समेत आयोजकले जनाएको छ । कार्यक्रम बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

यस्तो छ कार्यक्रमको तालिका

\"\" \"\"

\"\"