कीवर्डहरू -

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको सिएम लालबाबु राउत नामक फेसबुक पेज शुक्रबार बिहान ह्याक भएको हो ।

मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ । मुख्यमन्त्रीको सचिवालयले फेसबुक ह्याक भएको बारे नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी गराइसकेको छ ।

मुख्यमन्त्री राउतको फेसबुक पेजको क्याटोगोरी समेत परिवर्तन परिवर्तन गरिएको छ । क्याटोगोरीमा अहिले ईकमर्स वेबसाइट राखिएको छ । राउतको फेसबुक पेजको ‘लर्न मोर’ बटनमा चिनियाँ वेबसाइट लिंक गरिएको छ ।