कीवर्डहरू -

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए, फ्रान्सले आफ्नो  सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ ।

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसएको अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्ड अन्तरगत विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी  बहु चर्चित छन । यी मध्ये साँग्रिला मोटर्स प्रा.लि. ले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ ।