कीवर्डहरू -

क्वालकमले सार्वजनिक गर्‍यो स्न्याड्रयागन ८८८ फाइभजी प्रोसेसर

क्वालकमले सार्वजनिक गर्‍यो स्न्याड्रयागन ८८८ फाइभजी प्रोसेसर

क्वालकमले स्न्यापड्रयागन ८८८ फाइभजी मोबाइल चीप सार्वजनिक गरेको छ । साओमी, ओप्पो, रियलमी र वानप्लस जस्ता चर्चित स्मार्टफोन कम्पनीहरुले आउँदो स्मार्टफोनहरुमा स्न्यापड्रयागन ८८८ फाइभजी प्रोसेसर प्रयोग गर्ने निश्चित गरेका छन् ।

यसले सीपीयूको प्रस्तुतीलाई २५ प्रतिशतले बढाउने बताइएको छ । यसले २.८४ गीगाहर्ज सम्मको फ्रिक्वेन्सी दिने गर्दछ । स्न्यापड्रयागन ८८८ फाइभजी ५८० आईएसपी स्पेक्ट्रा क्यामेरा सँग आउने गर्दछ ।

यसले एकैचोटि तीन ओटा क्यामेराबाट फोटो खिचन सक्छ । यसले तीन ओटा फोरके एचडीआर फोटो खिच्न सक्छ ।

यसमा ब्लूटूथ ५.२ को सपोर्ट पनि रहेको छ । यसमा सुरक्षाका लागी टाइप १ हाईपरभाइजर पनि रहेको छ जसले एप र अपरेटिङ् सिस्टम बिचको डेटालाई छुट्याउने गर्दछ ।