कीवर्डहरू -

मेरो कारोबार एप सार्वजनिक भएको ३ दिनमै १२ सय बढी प्रयोगकर्ता, यसरी गर्नुहोस् निःशुल्क प्रयोग

मेरो कारोबार एप सार्वजनिक भएको ३ दिनमै १२ सय बढी प्रयोगकर्ता, यसरी गर्नुहोस् निःशुल्क प्रयोग

बाइटकेयर टेक्नोलोजीले बनाएको मेरो कारोबार एपका प्रयोगकर्ता १२ सय भन्दा बढी पुगेका छन् । मोफसलका केही युवा मिलेर बनाएको मेरो कारोबार एप गत बुधबार सार्वजनिक भएको थियो ।

एप सार्वजनिक गरेको ३ दिनमै मरो कारोबार एप धेरै प्रयोगकर्ताले रुचाएका छन् । एन्ड्रोइड फोनमा मेरो कारोबार एप डाउनलोड गरेर निशूल्क प्रयोग गर्न सकिन्छ । कम्पनीले आईओएसमा पनि छिटै एप उपलब्ध गराउने जनाएको छ । यो एप नेपाली तथा अंग्रेजी दुबै भाषामा उपलब्ध रहेको छ ।


यो पनि पढ्नुहोस्ः परम्परागत खाता प्रकियालाई डिजिटलाइज गर्न आयो ‘मेरो कारोबार’ एप


मेरो कारोबार एपबाट आफ्नो पसलको कारोबारलाई डिजिटल रुपमा राख्न सकिने वाइटकेयर टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकरी अधिकृत (सिईओ) समिर फुँयाल बताउँछन् ।

‘यस एपमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विवरण तथा पैसा सबै कुरा राख्न मिल्छ, समिरले भने ‘कसैले केही दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्छ ।’

मेरो खाता एपमा व्यक्तिगत रुपमा डिजिटल खाता बनाउन सकिने तथा लेनदेन ट्रयाक गर्न सकिने, ग्राहकको रिपोर्ट हेर्न वा डाउनलोड गर्न सकिने, पैसा जम्मा गर्न रिमाइनडर पाइने, डेटा अटोमेटिक ब्याकअप हुने, एप अनलाइन तथा अफलाइन प्रयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

एन्ड्रोइड प्रयोगकर्ताले मेरो कारोबार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यसरी प्रयोग गर्नुहोस् मेरो कारोबार एप