कीवर्डहरू -

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ ।

यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ ।

यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ । युट्यूब पनि पहिले यस्तै अवस्था थियो । पहिले युट्यूबमा दश मिनेट भन्दा बढिको भिडियो हाल्न मिल्दैन थियो । यो नयाँ फिचरले अझै प्रयोगकर्ताहरुलाई टिकटक प्रति आर्कषित गर्ने अनुमान गरिएको छ ।