कीवर्डहरू -

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने भएको छ । यो सेल्सफोर्सको सबै भन्दा ठूलो खरिद पनि हुने छ  ।

स्ल्याकका लागी पनि यो एकदमै राम्रो अवसर हुनेछ किनभने अहिले स्ल्याकले माइक्रोसफ्ट टिम्स र गूगल च्याट जस्ता प्लेटफर्महरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सेल्सफोर्सका प्रमुख कार्यकारी अध्यक्ष मार्क बेनिअफको अनुसार यसले दुवै कम्पनीहरुलाई अघि बढ्नका लागी सहयोग मिल्नेछ । अहिले कोभिडको महामारीले मान्छे घरमै बसेर काम गर्नुपर्दा स्ल्याक र सेल्सफोर्स जस्तो क्लाउड उपकरणले एकदमै सहयोग पुर्‍याएको छ ।

स्ल्याक नै सेल्सफोर्स कस्टुमर ३६० को नयाँ ईन्टरफेस पनि हुनेछ । यसले स्ल्याकको उद्यम बजारमा पहुँच पनि बढाउने विश्वास गरिएको छ ।