कीवर्डहरू -

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ प्रोडक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत प्रोडक्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ प्रोडक्टहरु छानिएका छन् । 

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ प्रोडक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत प्रोडक्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ प्रोडक्टहरु छानिएका छन् ।

प्रोडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षको विचमा विकास गरेको आइटी प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिन्छ ।

यस वर्ष प्रडक्ट आइसिटी अवार्ड २०२० विधामा ३५ वटा नोमिनेशन अनलाइन मार्फत प्राप्त भएको थियो ।


यस्ता छन् उत्कृष्ट ५ प्रोडक्ट


‘सीपीएफडीएस’ एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम

\"\" ‘सीपीएफडीएस’ एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम डिजिटल एज नेपालले विकास गरेको प्रोडक्ट हो । यसको प्रयोगले संस्थाहरुले सम्पति शुद्धिकरण र अरु वित्तिय अपराधहरु रोक्नलाई मद्दत पुर्‍याउँछ ।

यसमा केवाईसी म्यानेजमेन्ट, एएमएल म्यानेजमेन्ट, रिस्क स्कोरिङ तथा रिस्क एसिसमेन्ट, रिपोर्ट म्यानेजमेन्ट तथा गोएएमएल लगायतका सुविधाहरु छन् ।

यसले नविल बैंक, सनराइज बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, एनएमबी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक लगायत १८ संस्थाहरुलाई सेवा प्रदान गरिरहेको छ ।

फ्यूज क्लासरुम

\"\" फ्यूज क्लासरुम एआई  अर्थात आर्टिफिसियल इन्टेलिजेन्स इनेबल भएको इजुकेशन प्लेटफर्म हो । फ्युज क्लासरुम शैक्षिक संस्थालाई डिजिटल बनाउने उदेश्य अनुरुप फ्युजमसिन्सले विकास गरेको हो ।

फ्युज क्लासरुममा अनलाइन एडमिसन, लर्निङ म्यानेजमेन्ट सिस्टम, अनलाइन लाइभ क्लास, स्टुडेन्ट इनफरमेसन सिस्टम, अनलाइन एक्जाम, स्कुल म्यानेजमेन्ट सिस्टम लगायतका १०० भन्दा बढी फिचरहरु रहेका छन् ।

फ्युज क्लासरुम ट्रिनिटी ग्रुप, समृद्धि स्कुल तथा कलेज, प्राइम कलेज, थेम्स कलेज, हेटौडा सिटी कलेज लगायतका १५ संस्थाहरुले प्रयोग गरिरहेका छन् भने १७ हजार ५ सय पेड युजर्स रहेका छन ।

जीनीयस आईपीटीभी

\"\"

जीनीयस आईपीटीभी सेट अप बक्स र ओटीटी (ओभर दी टप) का लागि पुर्ण आइपी टिभी सोलुसन हो । यसको ओटिटी प्लेटफर्म विश्वभर करिब १ लाख सब्सक्राइबरहरुले प्रयोग गरिरहेका छन् । जिनियस आइपीटिभी जिनियस सिस्टम्स प्रालिले विकास गरेको हो ।

जिनियश आईपीटिभीले सेट अप बक्स, मोबाइल र वेबको सफ्टवेयर दिने गर्दछ जसको कारणले कम्पनीहरुले सजिलै ग्राहकहरुलाई लाइभ स्ट्रिमिङ र भिडियो सामाग्रीको सेवा प्रदान गर्न सक्छन् ।

जिनीयस आइपीटिभिका लाइभ टिभी, मुभिज, टिभी शो, सेटअप बक्सको लागि एप स्टोर, प्यारेन्टल कन्ट्रोल, बिलिङ, एडभरटाइजमेन्ट, रिपोटिङ, एनलाइसिस, रिमोट कन्ट्रोल, युजर म्यानेजमेन्ट लगायतका फिचरहरु रहेका छन् ।

जीवी

\"\"

जिवीको विकास जीवी हेल्थ प्रालिले गरेको हो । जीवी नाम संस्कृत शब्दबाट आएको हो र यसको अर्थ ‘जीवित मानिस’ हुन्छ ।

जीवीले अर्डर गरेको औषधि तथा स्वास्थ्य प्रडक्ट घरमै पुर्‍याउने, अनलाइन डक्टर कन्सल्टेसन, डक्टर अपोइनमेन्ट, डाइबेटिक केयर म्यानेजमेन्ट सोलुसन, व्यक्तिगत स्वास्थ्य रेकर्ड लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।

यसमा १ हजार भन्दा बढि डक्टर र ४० भन्दा क्लिनिकहरु समावेश भएका छन् । जीवी मोबाइल एप १ लाख भन्दा बढी डाउनलोड भइसकेको छ ।

न्यानो नानी

\"\"

न्यानो नानी बायोमेडिकल डिभाइस हो । न्यानो नानी नबजात शिशु जन्मीएपछि चिसोबाट बचाउनका लागि प्रयोग गरिन्छ ।

न्योनो नानी प्रोडक्ट विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको राष्ट्रिय आविष्कार केन्द्रले विकास गरेको हो ।

संस्थाले अहिले सबै बर्थ सेन्टरहरुमा न्यानो नानी चलाउन सीप सिकाइरहेका छ । राष्ट्रिय आविष्कार केन्द्रमा विकास भएको यस प्रडक्टले शिशु मृत्यु दर घटाउने विश्वास राखिएको छ ।

\"\" उत्कृष्ट ५ प्रोडक्टको बारेमा थप जानकारी लिन, भोटिङ कोड र प्रकृयाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस । इमेल भोटिङको लागि यहाँ क्लिक गर्नुहोस । इसेवा मार्फत कसरी भोटिङ गर्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।