कीवर्डहरू -

चीनियाँ वैज्ञानिकले बनाए विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर

चीनियाँ वैज्ञानिकले बनाए विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर

चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाश अर्थात लाइटमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ ।

त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ ।

क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ ।

चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो ।

चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन लाइन पनि निर्माण गरेको छ ।

चीनको क्वान्टम एक्सपेरिमेन्ट एट स्पेस स्केल स्याटेलाइट क्वान्टम कम्युनिकेसनको लागि पहिलो स्पेस ग्राउण्ड परीक्षण गर्ने प्लेटफर्म बनेको छ ।