डिजी स्कुलले निःशुल्क आइटी ब्रिज कोर्स सुरु गरेको छ । कक्षा ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि यो कोर्स सञ्चालन गरिएको डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
निशुल्क ब्रिज कोर्स लिनका लागि विद्यार्थीहरुले डिजी स्कुलमा सम्पर्क गरी सहभागी हुन सक्नेछन् । विद्यार्थीले अनलाइन मार्फत कक्षा लिन सक्नेछन् ।
दुई महिना अवधिमा सकिने ब्रिज कोर्समा राम्रो पढ्ने १० जनाले विद्यार्थीले डिजी स्कुलको पार्टनर कलेज सफ्ट्वेरिका कलेज र सनवे कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ । त्यस्तै बाँकी विद्यार्थीले २० देखि ३० प्रतिशतसम्म स्कलरसिप पाउनेछन् ।
डिजी स्कुलले आफ्नो वेबसाईट मा आइटी ब्रिज कोर्सका भिडियोहरु बनाई राखेको छ । विद्यार्थीले लगइन गरी भिडियो अध्ययन गरी इमेल मार्फत चौबिसै घण्टा आफुले नबुझेका प्रश्नहरु गर्न पाउनेछन् भने सातामा एक दिन लाइभ कक्षाको व्यवस्था गरिएको छ । आइटि कोर्स अन्तर्गत पाइथन, जाभा, एचटिएमएल, सिएसएस पढ्न पाउनेछन् ।
के हो डिजी स्कुल ?
बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ । यसलाई सफ्ट्वेरिका कलेज र सनवे कलेजको रणनीतिक साझेदारीमा यो कोर्स नेपालमा भित्र्याइएको हो ।
एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा ‘डिजी स्कुल’ पढ्ने विद्यार्थीले स्कूले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर र मर्मत लगायत बिषय सिक्ने छ्न साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने छन् ।
‘डिजी स्कुल’ सञ्चालन गर्न चाहने कुनै पनि स्कूलले डिजी स्कुलसँग सम्पर्क गरी अध्यापन सुरु गर्न सक्छन् भने विद्यार्थीले घरैबाट यहाँ क्लिक गरेर लगइन गरी आफैले पनि पढ्न सक्छन् । नेपालका स्कूले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो ।
आइजिसीएसइ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन) ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ ।
सामयको परिवर्तन सगै विश्व डिजिटल दुनियाँमा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्ति जरुरी भएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।
‘२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कूलको लहर आयो’ श्रेष्ठ थप्छन्, ‘अब भने स्कूल देखि नै प्राविधिक शिक्षाको लहर आउनु जरुरी छ । यही कुराले हामीलाई डिजी स्कूल सुरु गर्न प्रेरित गर्यो ।’