कीवर्डहरू -

अन्वेषकले बनाए कुनै पनि रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप 

अन्वेषकले बनाए कुनै पनि रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप 

स्ट्यानफोर्ड विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले कुनै रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप बनाएका छन् । यो एप प्रयोगकर्तालाई सचेत गराउनको लागि डिजाइन गरिएको हो ।

यो एपले शरीरले संक्रमणसँग लडिरहेको जानकारी पनि दिने गर्दछ जस्तो उन्नत हृदयको धड्कन । यसले सबैभन्दा बढी प्रयोगकर्ताको मुटु दरमा ध्यान पुर्‍याउने गर्दछ । यसमा एक अल्गोरिदमको प्रयोग गरिएको छ, जसले कुनै पनि व्यक्तिको रेष्टिङ हर्ट रेट र स्टेप काउन्ट पत्ता लगाउछ ।

यो एपले सफलतापूर्वक कोभिड लागेको भनेर प्रारम्भिक चरणमै पत्ता लगाउन सफल भएको थियो । यसको सफलता दर ६३ प्रतिशत रहेको छ ।

कुनै औषधी, महिनावारी, उचाईले गर्दा पनि हृदयको धड्कन बढ्न सक्ने हुनाले कहिलेकाँही गल्ती पनि हुन् सक्छ । अन्वेषकहरुले यसलाई अझै सही बनाउँदै लानेछन् । यो सुरुमा भने फीटबीट डिभाइसहरुमा उपलब्ध हुनेछ ।

महामारीको समयमा पूर्व जानकारी भएमा विरामीहरु स्वतः क्वारेन्टिन पनि हुन सक्दछन् र यसले केही हद सम्म रोग फैलिनबाट पनि जोगाउने गर्दछ ।