कीवर्डहरू -

क्युआर स्क्यान गरी सेञ्चुरी बैंकबाट अब पैसा निकाल्न सकिने 

क्युआर स्क्यान गरी सेञ्चुरी बैंकबाट अब पैसा निकाल्न सकिने 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एपबाट क्यूआर स्क्यान गरी नगद झिक्न निकाल्न सकिने छ ।

बैंकले ग्राहकहरुको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको जनाएको छ । हाल उक्त सेवा काठमाडौंस्थित केन्द्रीय कार्यालयको लागि मात्र लागु हुनेछ ।

निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यकालगायत उपत्यका बाहिरसमेत लागु गरिने बैंकले जनाएको छ ।

यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।