कीवर्डहरू -

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटबाटै खरिद गर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको छ ।

खल्तीका ग्राहकले खल्तीको वेबसाइट वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

खल्तीबाट शुल्क भुक्तानी गरेपछि ग्राहकले आफ्नो बाइलमै इटिकट प्राप्त गर्ने छन् । उक्त ईटिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् ।

खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त हुने छन् । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ ।