कीवर्डहरू -

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । माइक्रोसफ्टले कोरटानाको प्रयोग गरेर फाइलहरुको व्यवस्थापन गर्न थालेको छ । यो फिचरलाई प्रयोग गर्न भने प्रयोगकर्ताको माइक्रोसफ्ट अकाउन्ट हुनुपर्छ ।

माइक्रोसफ्ट अकाउन्ट आउटलुक डटकम या हटमेल डटकममा भयो भने हुन्छ । साइन इन गरेपछि कोरटानाको प्रयोगले पीसीमा रहेको जुन कुनै फाइल पनि बोलेरै खोल्न सकिन्छ ।

इन्टरप्राइज प्रयोगकर्ताले वानड्राइभको फाइल पनि कोरटानाको प्रयोग गरेर खोल्न सक्छन् । यसका लागी वक्ताले अङग्रेजी बोल्नुपर्ने हुन्छ । फाइल खोज्न सबैलाई केही समय लाग्ने हुदा यो फिचर एकदमै चर्चित बन्न सक्ने अनुमान लगाइएको छ ।