कीवर्डहरू -

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्की जिल्ला पोखरा महानगरपालिका बस्ने १७ वर्षीय छोरेपाटन (परिवर्तित नाम) र १५ वर्षीय घारी पाटन (परिवर्तित नाम) लाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार सरकारी सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाइ कानून विपरितका कार्यहरु गरेको भन्ने विभिन्न माध्यमबाट ब्यूरोमा सूचना तथा निवेदन परेको थियो ।

अनुसन्धानको क्रममा प्राप्त सूचनाको आधारमा विशिष्टकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको आधारमा विशेष अप्रेसनको रुपमा ‘ह्याकर हण्ट’ सञ्चालन गरिएको ब्यूरोले जनाएको छ ।

अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कास्की समेतको सहयोगमा कास्की र काठमाडौंबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।