कीवर्डहरू -

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ इन्नोभेसन

कोभिड १९ द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन लिइएको थियो । 

आइसिटी अवार्ड २०२०: यस्ता छन् उत्कृष्ट ५ इन्नोभेसन

आइसिटी अवार्ड २०२० अन्तरगत एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड मा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ इन्नोभेसनहरु छानिएका छन् ।

कोभिड १९ द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन लिइएको थियो ।

यस विधामा नोमिनेशन दिनको लागि माघ २०७६ देखि आबेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरु यस विधामा समावेश गरिएको थियो । यस विधामा २६ वटा नोमिनेशनहरु अनलाइन मार्फत प्राप्त भएका थिए ।


यस्ता छन् उत्कृष्ट ५ इन्नोभेसन : एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड २०२०


कोभिड १९ निमोनिया डिटेक्सन यूजिङ डीप लर्निङ एण्ड न्यूरल नेटवर्क

\"\"

निमोनिया डिटेक्सन यूजिङ डीप लर्निङ एण्ड न्यूरल नेटवर्कको सहयोगले कुनै पनि पिसिआर तथा आरडिटी टेष्ट किट बिना प्रारम्भिक चरणमै निमोनिया पत्ता लगाउन सकिन्छ । यो सिस्टमको विकास अभिषेक झा लगायतको समुहले गरेका हुन् ।

कोभिड १९ ले गर्दा निमोनिया भएको हो कि, सामान्य फोक्सोको समस्याको कारण निमोनिया भएको भनेर पत्ता लगाउन र छुट्याउन यसको प्रयोग गर्न सकिन्छ । यसमा एआई प्रविधिको प्रयोग गरिएको छ ।

यसले कोभिड बिरामी र निमोनिया बिरामीलाई आवश्यक पर्ने औषधि तथा हेरचाहको बिच भिन्नता थाहापाउन मद्दत गर्छ ।

यसको कन्भोलुसनल न्युरल नेटवर्क (सीएनएन) मोडेलले ९६ प्रतिशत सम्म सही परिणाम दिने गर्दछ । यसका अहिले ६ सय बढि ग्राहकहरु रहेका छन् ।

गोकोरोना नर्स रोबोट

\"\"

गोकोरोना नर्स रोबोट पहिलो नेपाली नर्स रोबोट हो । गो कोरोना रोबोटको विकास प्लस टु अध्ययन गरिरहेका बुटवलका दाजुभाई लभकुश पन्थिले गरेका हुन् ।

यसले कोरोनाको विरामीहरुको हेरचाह गर्ने गर्दछ भने स्यानिटाइजर, औषधी, खानेकुरा जस्ता सामानहरु पनि पु¥याउनमा सहयोग गर्छ । ४ फुट अग्लो नर्स रोबोटमा १२ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । यसमा हाई टेक माइक्रोफोन र अल्ट्रासाउण्ड स्पीकर पनि जडान गरिएको छ ।

यसले मान्छेको आवाज सुनेर सफ्टवेयर प्रयोग गरेर जवाफ पनि फर्काउन सक्ने बनाइएको छ । गोकोरोना नर्स रोबोटमा हाई स्पीड प्रोसेसर जडान गरिएको छ, जसले रोबोट सञ्चालन गर्न र कन्ट्रोल गर्न अनुमति दिन्छ ।

यस रोबोटलाई चलाउनको लागि एन्ड्रोइड मोबाइल एपको समेत विकास गरिएको छ । यो रोबोट रुपन्देही जिल्लाका विभिन्न अस्पतालहरुमा प्रयोगमा छ ।

पाइला इमरजेन्सी रिससीएटर

\"\"

पाइला इमरजेन्सी रिससीएटर पाइला टेक्नोलोजीले विकास गरेको इन्नोभेसन हो ।  पाइला टेक्नोलोजीले परि रोबोट लगायतका धेरै महत्वपुर्ण इन्नोभेसनहरु बजारमा ल्याएसकेको छ । कोभिड १९ को महामारी रोकथाम गर्न सघाउने हिसाबले रोबोट र भेन्टिलेटर विकास गर्नेतर्फ पनि कम्पनीले काम गरेको छ ।

पाइला इमरजेन्सी रिससीएटर महामारीको समयमा मानिसको जीवन बचाउन उपयोगी रहेको छ । यसलाई आइसीयूको भेन्टिलेटरको सट्टा प्रयोग गर्न नमिले पनि सासफेर्न गाह्रो हुनेको लागी तत्काल प्रयोग गर्न सकिन्छ ।

यसमा धेरै पारामिटरहरु प्रयोग गरेर वृहत रुपमा मोनिटरिङ गर्न सकिेने सिस्टम रहेको छ । यो एम्बु ब्यागमा आधारित भेन्टिलेटर सिस्टम हो । यसले ४ घण्टाको ब्याट्री ब्याकअप दिन्छ । थोरै लगानीमा पनि विरामीको कठिन समस्या समाधानमा यो प्रडक्ट उपयोगी छ ।

सिस्टर रोबोट–फुड एण्ड मेडिसिन क्यारिङ रोबोट

\"\"

सिस्टर रोबोट रोबोटिक्स एशोशिएसन अफ नेपालले विकास गरेको हो । यस रोबोटले बिरामीहरुलाई खाना पु¥याउने, औषधी दिने जस्ता कार्यहरु गर्ने गर्दछ । कोभिड विरामीको सुरक्षाको लागि खटिएका स्वास्थकर्मी र सहयोगीलाई यो रोबोटले सहयोग गर्नेछ ।

यस रोबोटले विरामीसँग सिधै सम्पर्क आउनबाट रोक लगाँउछ । यसलाई आइसोलेसन वार्ड र आइसीयूमा प्रयोग गर्न सकिन्छ ।

यो रोबोट अहिले टेकु अस्पताल, एपीएफ अस्पताल, हेटौँडा अस्पताल र बुटवल धागो कारखाना अस्पताल लगायत ८ वटा अस्पतालमामा प्रयोग भइरहेको छ । यस रोबोट विकासमा युएनडिपी लगायतका सस्थाहरुले पनि सहयोग गरिरहेका छन ।

थर्मो ग्राफिक क्यामेरा फर मेजरिङ फिभर

\"\"

थर्मो ग्राफिक क्यामेराको विकास राम लक्ष्मण इनोभेसनले गरेको हो । यसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सहयोग गर्छ ।

थर्मो ग्राफिक क्यामेरामा प्रयोग गरिएको सेन्सरको सहयोगमा मानिसको तापक्रम नाप्न सकिन्छ । यसको माध्यमबाट एक वा एक भन्दा बढि व्यक्तिहरुको तापक्रम एकैपटक मापन गर्न पनि सकिन्छ । भिडभाड हुने स्थानहरुमा यसले धेरैजनाको शरिरहेको तापक्रम मापन गर्दछ ।

यदि तोकिएको भन्दा बढी तापक्रम क्यामेराले पायो भने ५ मिटर परैबाट उक्त व्यक्तिलाई चिनेर अलार्म बजाइदिन्छ । एआई प्रविधिमा आधारित यस उपकरणले भिडियो समेत रेकर्ड गर्छ ।

यसले थर्मल गन भन्दा टाढैबाट तापक्रम नाप्न सक्ने हुदा संक्रमणको डर पनि हट्छ । सिंघदरबार लगायतका केहि स्थानमा यसको प्रयोग भइरहेको छ । कम्पनीले कम खर्चमा प्रयोग गर्न सकिने पोर्टेवल डिभाइस पनि बजारमा ल्याएको छ ।

\"\"

उत्कृष्ट ५ इन्नोभेसनको बारेमा थप जानकारी लिन, भोटिङ कोड र प्रकृयाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस । इमेल भोटिङको लागि यहाँ क्लिक गर्नुहोस । इसेवा मार्फत कसरी भोटिङ गर्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।