कीवर्डहरू -

अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह

अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह

नेपाल टेलिकमले ग्राहकहरुलाई अनधिकृत पेजमा आफ्नो विवरण तथा सूचना उपलब्ध नगराउन अनुरोध गरेको छ । टेलिकमले मंगलबार एक जरुरी सूचना प्रकाशित गर्दैं अनाधिकृत पेजमा आफ्नो विवरण उपलब्ध नगराउन अनुरोध गरेको हो ।

‘नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामग्रीहरु प्रयोग गरी विभिन्न सोसल मिडियामा अनधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भइरहेकाले नेपाल टेलिकमको आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन तथा यस्ता अनधिकृत पेजमा आफ्नो कुनै विवरण, सूचना उपलब्ध नगराउन समस्त ग्राहकवर्गलाई आग्रह गर्दछौं’ टेलिकमको सूचनामा भनिएको छ ।

\"\"