कीवर्डहरू -

भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार

भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार

भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष पुरा भएको छ । साथै भिभोको फेसबुक पेजमा समेत ८ लाख लाइक पुरा भएको छ ।

यही अवसरमा भिभोले नेपाली प्रयोगकर्ताहरुको लागि भारी छूट र आकर्षक गिफ्ट ह्याम्पर सहितको सेल्स कार्निभल आयोजना गर्ने भएको छ । भिभोको सेल्स कार्निभल मंसिर २७ गतेदेखि पुस २१ गतेसम्म चल्नेछ ।

२५ दिनसम्म चल्ने सेल्स कार्निभलमा भिभो स्मार्टफोन खरिदमा लक्की ड्रमार्फत बम्पर पुरस्कार समेत जित्न सकिने छ । भिभोका अहिले देशभर १ हजार रिटेल स्टोरहरु रहेका छन् ।