कीवर्डहरू -

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘इक्लास नेपाल’ नामक मोबाइल एप सञ्चालनमा आएको छ । शिक्षक तथा विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा आएको एप प्रगति आइटी सोलुसनले निःशूल्क बनाएको हो ।

भर्चुअल कार्यक्रम मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले इक्लास नेपाल एपको उद्घाटन गरेका हुन् । इक्लास नेपाल एपमा यस अघि नै तयार भएका भिडियोहरु र कक्षागत रुपमा पाठ्यक्रम लगायतका सामग्रीहरु राखिएको केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले बताए ।

कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप एन्ड्रोइड मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने छन् । उक्त एपमा विद्यार्थीका लागि पाठ्य सामग्री र शिक्षकका लागि शिक्षक निर्देशिका, मूल्यांकन विधि लगायका वैकल्पिक शैक्षिक सामग्री समावेश गरिएको छ ।

एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको एप छिटै आइओएसमा समेत उपलब्ध हुनेछ । एन्ड्रोइड प्रयोगकर्ताले इक्लास मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।