कीवर्डहरू -

हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल

हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल

एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ । यो म्याकमा २०२१ को अन्तय तिर आउन सक्नेछ ।

यो प्रोसेसर एप्पलको आधि आकारको म्याक प्रोमा पनि २०२२ मा उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ । यो सँग सँगै रीपोर्ट अनुसार कम्पनीले १६ ओटा राम्रो प्रर्दशन कोर र चार ओटा पावरमा आधारित कोर जुन भने म्याकबुक प्रो र आईम्याकका लागी उपलब्ध गराइने अनुमान लगाइएको छ ।

यो नयाँ प्रोसेसरहरु २०२१ को वसन्तमा नै आउन सक्नेछन् । एप्पलले केही दिन अघि मात्रै आफ्नै कम्पनीको चीपसेट एम १ चीपले पावर गरिएको म्याकबुक एयर, म्याकबुक प्रो र म्याकबुक मिनी निकालेको थियो ।

तर अहिले पनि कम्पनीको म्याक प्रो जस्तो शक्तिशाली मेसिनले भने इन्टेल चीपको नै प्रयोग गर्ने गर्दछ । एप्पलले दुई वर्ष भित्रमा सबै म्याक लाइनअपलाई आफ्नै चीप प्रयोग गरेर बनाउने प्रतिबद्धता राखेको छ । एप्पलले धेरै जीपीयू कोर भएको चीपमा पनि काम गरिरहेको छ ।