कीवर्डहरू -

तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ

तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ

सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । फोल्ड गर्न मिल्ने स्मार्टफोनलाई सामसङले सन् २०२१ मा विस्तृत रुप दिने भएको छ ।

द एलेकको रीपोर्ट अनुसार सामसङले ग्यालेक्सी जेड फ्लीप २, ग्यालेक्सी जेड फोल्ड ३ र ग्यालेक्सी जेड फोल्ड लाईट नामक स्मार्टफोनहरु निकाल्ने छ । यो सँगसँगै सामसङले अल्ट्रा थीन ग्लासको पनि उत्पादन गरिरहेको छ ।

ग्यालेक्सी जेड फोल्ड ३ को ग्यालेक्सी जेड फोल्ड २ जत्रो नै स्क्रीनको आकार रहेको अनुमान गरिएको छ । यो एस पेन सँगै आउने भएको छ । रीपोर्ट अनुसार सामसङलाई ग्यालेक्सी जेड फोल्ड ३ मा अल्ट्रा थीन ग्लास प्रयोग गरेकाले खरोच नआइकनै एस पेनको प्रयोग गर्न गाह्रै हुनेछ र कम्पनी त्यस पक्षमा पनि काम गरिरहेको छ ।

ग्यालेक्सी जेड फ्लीप २ भने ६.७ इन्चको इन्टरनल डिस्प्लेसँग आउनेछ । यसमा ३ इन्चको एक्सटर्नल डिस्प्ले हुनेछ । यसमा पञ्च होल डिस्प्ले नै हुनेछ ।

ग्यालेक्सी जेड फ्लीप २ र ग्यालेक्सी जेड फोल्ड ३ भने सन् २०२१ को अन्तय तिर र ग्यालेक्सी जेड फोल्ड लाईट भने सन् २०२१ को सुरु तिर सार्वजनिक हुनेछ ।