कीवर्डहरू -

आइसिटी अवार्ड २०२०: यस्ता छन् विद्यार्थीले बनाएका उत्कृष्ट ५ प्रोजेक्ट

आइसिटी अवार्ड २०२०: यस्ता छन् विद्यार्थीले बनाएका उत्कृष्ट ५ प्रोजेक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ विद्यार्थीहरूले बनाएका प्रोजेक्ट छानिएका छन् ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।

यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश नोमिनेशनको लागि समावेश गरिएको थियो । यस विधामा यस वर्ष ६५ वटा अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।


यस्ता छन् उत्कृष्ट ५ विद्यार्थीका प्रोजेक्ट


थ्रीडी प्रिन्टिङ विथ रीसाइकल्ड प्लास्टिक

\"\"

यो प्रोजेक्ट विशेष गरी थ्रिडी प्रिन्टिङको सहयोगले प्लास्टिकलाई पुनः प्रयोग र राम्रोसँग व्यवस्थापन गर्न गर्न बनाइएको हो ।

थ्रीडी प्रिन्टिङ विथ रीसाइकल्ड प्लास्टिक इङ्ग्लिसटन कलेजका विद्यार्थी सिर्जन घिमिरे र उज्जवल देवकोटाले विकास गरेका हुन ।

थ्रिडी प्रिन्टिङ टेक्नोलोजीको मद्दतले प्लास्टिक फोहोरलाई विभिन्न उदेश्यको लागि पुनः प्रयोग गर्न सकिन्छ । यसको लागि थ्रिडी प्रिन्टिङ पनि तयार भइसकेको छ ।

बालाः फ्रम वेस्ट टू वेल्थ

\"\"

बालाः फ्रम वेस्ट टु वेल्थ पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी विप्लव कार्की र जय किसन पञ्जियार लगायतले विकास गरेका हुन् । यसमा आइओटी र रोबोटिक्स प्रविधिको उच्च प्रयोग गरिएको छ ।

यस प्रोजेक्टको सहयोगले फोहोरहरुलाई मेकानिकल र केमिकल प्रक्रिया प्रयोग गरेर जैविक मल बनाउन सकिन्छ । यसले कृषि उत्पादनहरुलाई ५० प्रतिशतले बढाउन सक्छ ।

यसले माटोलाई पनि कुनै नकारात्मक असर पार्दैन् । यसले प्रविधिको प्रयोग मार्फत कृषकहरुलाई उत्पादन बढाउन सहज बनाउनेछ ।

सन्चै छौँ

\"\"

सञ्चै छौंको विकास सेन्ट जेभियरका विद्यार्थी गौतम फुयाल, गौरभ चौलागाई, कासिस मानन्धर र करिष्मा कुँवरले गरेका हुन् ।

सन्चै छौंका प्रयोगकर्ताहरुले भर्चुअल रुपमा डाक्टरसँग परामर्श गर्न सक्छन् । त्यस्तै सन्चै छौंको एपमा स्वास्थ्य टिप्स, औषधीहरु कुन खाने र कुन समयमा खाने जानकारी, नजिकैको अस्पतालको बारेमा जानकारी, रोगको बारेमा जानकारी लिन सकिने लगायतका सुविधा रहेका छन् ।

यसमा भर्चुअल मेडिकल असिस्टेन्टको समेत सुविधा रहेको छ । कुन समस्या वा रोगमा कस्तो औषधी प्रयोग गर्ने भन्ने कुरामा पनि विभिन्न प्रविधि र कन्सल्टेसन मार्फत एपले सजेष्ट गर्नसक्छ । आफ्नो नजिक रहेको अस्पताल र स्वास्थकर्मिहरुको बारेमा पनि यसले जानकारी दिन्छ ।

स्मार्ट ब्लाइण्ड म्यान स्टीक

\"\"

स्मार्ट ब्लाइण्ड म्यान स्टीक भनेको आइओटी सिस्टम हो जसले हेर्नमा समस्या हुने वा दृष्टिविहिन व्यक्तिहरुलाई ठाउँ वा सामानहरु पत्ता लगाउनमा मद्दत पुर्‍याउँछ ।

स्मार्ट ब्लाइण्ड म्यान स्टिक इटहरी इन्टरनेसनल कलेजका विद्यार्थी भुसन लुइटेलले बनाएका हुन् । यसले विशेष गरी ध्वनीको प्रयोग गर्ने गर्दछ । यस प्रडक्टमा आइओटी इनेबल गरिएको छ ।

यसले तत्कालिन समय र मिति भन्नमा पनि मद्दत पु¥याउँछ । यसमा प्यानिक बटन समेत हुनेछ जसले प्रयोगकर्ताको केयर टेकरलाई आपतकालिन समयमा प्रयोगकर्ताको ठेगाना पठाउन सक्छ ।

स्मार्ट घर

\"\"

स्मार्ट घर आईओटीले चल्ने स्मार्ट कन्ट्रोल डिभाइस हो जसले गर्दा टाढैबाट बसेर घरमा रहेका उपकरणहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

यो एनसिआइटी र भिरिन्ची कलेजका विद्यार्थी सुशान्त महर्जन, श्रृष्टि अवाले र गौतम श्रेष्ठले बनाएका हुन् । यसको मुख्य सुविधा भनेको आफ्नो स्मार्टफोनबाटै बत्ती, फ्यान अन वा अफ गर्न मिल्ने, गीत बजाउन मिल्ने, अलर्ट अर्लाम चलाउन मिल्ने, भिडियो लाइभ स्ट्रीम गर्न मिल्ने जस्तो कार्यहरु गर्न सकिन्छ ।

स्मार्ट घरमा क्लाउड कम्प्युटिङ प्रविधिको प्रयोग गरिएको छ । स्मार्ट घरले जेष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई पनि मद्दत पुर्‍याउने छ ।

\"\"

विद्यार्थीहरुले बनाएका उत्कृष्ट ५ प्रोजेक्टको बारेमा थप जानकारी लिन, भोटिङ कोड र प्रकृयाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस । इमेल भोटिङको लागि यहाँ क्लिक गर्नुहोस । इसेवा मार्फत कसरी भोटिङ गर्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।