कीवर्डहरू -

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने

फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले ‘युगद्रष्टा’ एप सार्वजनिक गरेको छ । एपबाट डा. निर्मलमणी अधिकारीका चर्चित पुस्तकहरु अब युगद्रष्टा एप मार्फत निशुल्क पढ्ने व्यवस्था गरिएको छ ।

युगद्रष्टा एप निशुल्क उपल्ब्ध गराएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताए । युगद्रष्टा एप फेस्ट कम्पनीका संस्थापक तथा सिइयो इन्जिनियर विक्कि महतले बनाएका हुन् ।

युग बोध गरी युगमा आइपर्ने समस्याको आकंलन गर्न सक्ने साथै समस्याको समाधान पनि सुझाएको कारण अधिकारिलाई युगनिर्माण अभियान नेपालले युगद्रष्टाको रुपमा सम्मान गरेको थियो ।

पचास भन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरिसकेका डा.निर्मलमणि अधिकारीका नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन पुस्तकहरु एप मार्फत निःशुल्क पढ्न सकिने छ ।

एपमा अधिकारिले लेखेका राजनीतिक सिद्धान्त पहिलो संस्करण राज्यराष्ट्र नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पढ्न सकिने छ ।

त्यसैगरी राज्यराष्ट्र दोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्ययुगको आधारशीला, वेद र वैदिक हिन्दू धारा, नेपालको पुनर्जागरको अर्थ र आधार, सहृदयता दर्शनको प्राक्थन सहित चर्चित पुस्तकहरु एपमा उपलब्ध छन् ।

एपमा अधिकारिले हाल सम्म गरेका प्राज्ञिक सोध तथा प्रतिपादन गरेका सिद्धान्तका बारेमा पनि जानकारी राखिएको छ ।