कीवर्डहरू -

फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ 

फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ 

नेपालकै पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गरी डेटा सार्वजनिक गर्ने ह्याकरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

ब्यूरोले नवलपरासी पश्चिम सुनवल नगरपालिका घरभई हाल काठमाडौंको रानीबारीमा बस्दै आइरहेका १९ वर्षिय दिनेश तिवारीलाई पक्राउ गरेको हो ।

तिवारीले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिम कसुर गरेको खुल्न आएकाले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता नबिन्द अर्यालले बताएका छन् ।

ब्यूरोले ‘ह्याकर हन्ट’ नामक अप्रेसन सञ्चालन गरेको छ । उक्त अप्रेसन अन्तरगत नै तिवारीलाई पक्राउ गरेको हो । यसअघि पनि ह्याकर हन्ट अन्तरगत लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीनजना पक्राउ परिसकेका छन् ।

\"\"