कीवर्डहरू -

चीनको आधिकारिक डिजिटल करेन्सी अब अनलाइन स्टोरमा प्रयोग गर्न सकिने 

चीनको आधिकारिक डिजिटल करेन्सी अब अनलाइन स्टोरमा प्रयोग गर्न सकिने 

साङ्केतिक तस्वीर


चीनको आधिकारिक डिजिटल करेन्सी अब अनलाइन स्टोरमा प्रयोग गर्न सकिने भएको छ । रोयटर्सको रीपोर्ट अनुसार जेडी डटकमले अब केही सामानको खरिदमा चिनियाँ डिजिटल करेन्सी युआनको प्रयोग गर्न दिनेछ ।

भर्चुअल पैसा प्रयोग गर्न दिने यो पहिलो अनलाइन प्लेटफर्म हो । यो जाँच भने भौतिक स्टोरमै अप्रिल २०१९ मा सेनजेनबाट सुरु गरिएको थियो । चीनको केन्द्रीय बैंकले यो डिजिटल करेन्सीलाई नियन्त्रण गर्ने गर्दछ ।

यसले बीटकोइन जस्तो भर्चुअल पैसालाई अझै महत्व र स्थिरता प्रदान गर्नेछ । यसले चीनलाई अझै नगद मुक्त गर्नमा मद्दत पुर्‍याउँछ । भर्चुअल करेन्सी प्रयोग गर्ने देशमा चीन मात्रै नभएर जापान, भेनीजुएलाहरु पनि पर्ने गर्दछन् ।

यी देशहरुको आफ्नै भर्चुअल करेन्सी रहेको छ । तर यो प्रयासले चीनलाई अरु देश भन्दा अघि सारेर अन्य देशहरुलाई पनि भर्चुअल नगदको प्रयोग गर्न प्रोत्साहित गरेको छ ।