कीवर्डहरू -

नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’

नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’

राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मरलाई ‘न्यानो नानी’ नाम दिएको छ ।

भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने यो बेबी वार्मर अन्तराष्ट्रिय इलेक्ट्रोटेक्निकल कमिसनको कोड IEC 60601-2-21 अनुसारको गुणस्तरसँग मिल्ने गरी बनाइएको छ ।

अब न्यानो नानी वितरण गर्न लागेको आविष्कार केन्द्रले जनाएको छ । जसमा पहिलो चरणमा १२ ओटा ‘न्यानो नानी’ ज्योति विकास बैंकले किनेर उनीहरुले नै छानेको स्वास्थ्य चौकीमा वितरण गर्दै छ | त्यसको लागी बैंकले यसअघि आफ्नो सामाजिम उत्तरदायीत्व अन्तरगत १० लाख रुपैंया प्रदान गरिसकेको छ ।

अन्य देशमा बनेको यस्तो किसिमको सामान नेपाली बजारमा पनि पाइन्छ ।  त्यसमा पनि  भारतमा बनेको यो सामान नेपालमा धेरै चलेको र त्यसलाई ७० हजारको वरिपरी पर्ने आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताएका छन् ।

त्यस्तै युरोप तिर बनेको यस्तो सामानहरु लाई १ लाख ५० हजार भन्दा बढी पर्ने उनले जानकारी दिएका छन् । अहिले यो बनाउँदा यसमा लाग्ने सामानहरुको मात्र करिब ४३ हजार रुपैयाँ लागेको आविष्कार केन्द्रले जनाएको छ ।  धेरै मात्रामा बनाउँदा यो अझै सस्तो पर्नेछ ।

महावीर पुनका अनुसार यसलाई आविष्कार नभनेर इन्नोभेसन वा रिभर्स इन्जिनियरिङ भनिन्छ । केन्द्रका ईन्जिनियरहरुलाई बजारमा पाइने यस्तै सामानहरु हेरेर यसको डिजाईन गर्न, बनाउन, परीक्षण गर्न र निर्माण  गरेर अहिलेको अवस्थामा ल्याउन करिब १८ महिना लागेको छ ।

न्यानो नानी प्रोडक्ट प्रोडक्ट आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ मा पर्न सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ । यसले शिशु मृत्यु दर घटाउने विश्वास राखिएको छ ।