कीवर्डहरू -

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रालिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तिन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज प्रालिलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरे सँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ ।

क्रेटोस टेक्नोलोजिजको देशब्यापी बलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको कम्पनीले जनाएको छ ।

मंसिर २४ गतेबाट प्रि बुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज प्रालिले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् ।

अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन्।

नेपाली बजारमा वानप्लस नोर्ड टेन फाइभजीको मूल्य ३९ हजार ४९९ रुपैयाँ कायम गरिएको छ । यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ । चार रियर क्यामेरा रहेको यसमा ४३०० एमएएचको ब्याट्री रहेको छ ।

त्यस्तै नेपालमा वान प्लस नोर्ड फाइभजीको मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्‍याम र २५६ब जीबी स्टोरेज राखिएको छ । भने चार रियर क्यामेरा र ४११५ एमएएच ब्याट्री रहेको छ ।

त्यस्तै नेपालमा वान प्लस एट प्रोको मूल्य १ लाख २५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज राखिएको छ । भने चार रियर क्यामेरा र ४५१० एमएएच ब्याट्री रहेको छ ।