कीवर्डहरू -

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने

अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको छ । मन्त्रीपरिषद् बैठकले सबै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वनिक गर्दैं सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अब प्रेस पास लिन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन भएको पनि मन्त्री गुरुङले बताए ।

साथै नयाँ परिचयपत्र लिने पत्रकारकाहरुका लागि आवश्यक कागजपत्र जिल्ला हुलाक कार्यालयबाटै पेश गर्न सकिने व्यवस्थापनि छिट्टै हुने मन्त्री गुरुङले बताए ।