कीवर्डहरू -

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग

नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको सार्वजनिक गरेका छन् ।

नेपाल सरकार र चिनियाँ सरकारको टोलीले सगरमाथाको उचाईको नाप छुट्टाछुट्टै लिएका थिए र दुवै पक्षका टेक्नीशियनलाई प्रतिवेदन पेश गरिएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारण मन्त्री पद्म कुमारी अर्याल र चीनका चिनियाँ विदेश मन्त्री वाङ यीले संयुक्त रूपमा नयाँ उचाइको अनावरण गरेका थिए ।

यस बैठक ह्वावे क्लाउड बैठक प्रणालीद्वारा संचालित थियो, जसले क्लाउड आर्किटेक्चरलाई क्रिस्टल–क्लियर अडियो र एचडी भिडियो प्रस्तुत गर्ने एक सुरक्षित र विश्वसनीय अल–सिनारियो सम्मेलन सेवा प्रदान गर्दछ ।

पुरस्कार विजेता उपकरण क्लाउड सिनर्जी सोलुसनले लगभग १,००० समकालीन सहभागीहरूलाई कुनै पनि समय, कहिँ पनि, कुनै पनि टर्मिनल वा उपकरणबाट इन्टरनेट मार्फत प्रभावकारी आन्तरिक र बाहिरी बैठक बस्न सक्षम पार्दछ ।

अल्ट्रा–लो लेटेन्सी र ब्यान्डविथको साथसाथै फोरके स्क्रिन सेयरिंग र रीयल–टाइम एनोटेशनको साथ १०८० पी एचडी भिडियो कन्फरेन्स पनि अनुभव गर्न सकिन्छ ।

यसको उच्च विश्वसनीयता, स्थिरता र स्केलेबिलिटि विशेषता भएको आर्किटेकचरले जताततै कनेक्ट गरी मानिसलाई त्यहि भर्चुअल बैठक स्थानमा ल्याउँदछ र पहिलो–श्रेणीको अडियो र भिडियो अनुभव प्रदान गर्दछ ।

ह्वावे क्लाउडले बैंकिङ उद्योग, एयरलाइन्स, मिडिया र अन्य विभिन्न डोमेनहरूमा नेपालमा भरपर्दो, सुरक्षित र लागत प्रभावी क्लाउड सेवाहरू प्रदान गर्दै आएको छ ।

यस वर्ष नबिल बैंक र हिमालय एयरलाइन्सले ह्वावेसँग रणनैतिक सहकारिता सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जसमा डिजिटल रूपान्तरणको लागि क्लाउड डिजिटलीकरण सेवा बारे छलफल गरिएको छ ।

इन्टरनेट र मोबाईलको प्रारम्भिक सफलताले नेपाललाई डिजिटल प्रविधिको क्षमता हासिल गर्न हौसला प्रदान गर्दछ । आजको एआई, फाइभजी र क्लाउडको युगमा ह्वावेले इन्टेलिजेन्ट संसार अँगाल्न चाहिने डिजिटल आधार निर्माण गर्न ग्राहकहरुलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

स्थानीय साझेदारहरूलाई एकै ठाउँमा ल्याएर ह्वावेले नेपालमा डिजिटल रूपान्तरण र बौद्धिक अपग्रेडको लागि स्टेट–अफ–दि–आर्ट डिजिटल उद्योग सोलुसनको विकास गर्न मद्दत गर्ने बताएको छ।

आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमा ह्वावे वित्त, व्यापार, ईकमर्स, पर्यटन र निर्माण उद्योग लगायतका विभिन्न उद्योगहरूलाई सहयोग पुर्याउन प्रतिबद्ध छ, जसले मुलुकहरूलाई डिजिटल रूपान्तरणको लहरमा स्थिर र दिगो प्रगति हासिल गर्न र नेपालको डिजिटल अर्थव्यवस्था बृद्धि गर्न सहयोग पुर्याउँछ ।

अझ महत्वपूर्ण कुरा, ह्वावेका अग्रणी प्रविधिहरू जस्तै फोरजी, फाइभजी, डाटा सेन्टर र क्लाउड सेवाले नेपाल सरकारलाई डिजिटल पूर्वाधार निर्माण गर्न मद्दत गर्नेछ जुन डिजिटल नेपालको लागि जगको रूपमा काम गर्ने कम्पनीले जानकारी दिएको छ।