कीवर्डहरू -

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबमा लाइभ स्ट्रिम गर्दा अब एचडीआरमा गर्न सकिने 

युट्यूबले लाइभ स्ट्रीमका लागी हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्युबले अझै राम्रो कन्ट्रास्ट,धेरै विवरण, राम्रो गुण, जीवन्तता जस्तो फिचरहरु भएको एचडीआरमा लाइभ स्ट्रिम गर्न दिने भएको हो ।

इनकोडर भएको निर्माताले लाइभ स्ट्रीम एचडीआरमै गर्न सक्छन् । त्यस्तै दर्शकले भने एचडीआरलाई सपोर्ट गर्ने डिस्प्ले राख्नु पर्ने हुन्छ । यदि दर्शकको ग्याजेटमा एचडीआर सपोर्ट भएन भने लाइभ स्ट्रीम स्टान्डरड् डायनामिकमा प्ले हुन्छ ।

युट्यूबले २०१६ मा नै एचडीआर भिडियोको पहिचान गराएको थियो । यसले लाइभ कन्टेन्टलाई अझै आकर्षक बनाउनेछ । यसले लाइभ स्ट्रीमलाई नयाँ दिशा दिने अनुमान लगाइएको छ ।