कीवर्डहरू -

सुबिसुले शुरु गर्‍यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा

सुबिसुले शुरु गर्‍यो फाइभजी डबल ब्याण्ड राउटर सहितको सेवा

सुबिसु केबलनेट प्रालिले आफना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले ५ जिगाहर्ज डबल ब्याण्ड राउटर सहितको सेवा शुरु गरेको छ ।

यस अघि २.४ जिगाहर्ज सेवा दिदै आएको कम्पनीले आफ्नो इन्टरनेट सेवालाई थप वृहत र परिस्कृत बनाउन इन्टरनेट सेवाको क्षमता वृद्धि गर्दै फाइभजी सम्म पुर्‍याएको हो ।

इन्टरनेटको बदलिदो माग र अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ आफुहरुले ५ जिगाहर्ज डबल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

५ जिगाहर्जको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ गुणस्तरिय बनाउने कम्पनीले बताएको छ ।

ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै समयानुसार अझ बढि सेवा सुविधा विस्तार एवंम परिमार्जित र गुणस्तरीयता कटिबद रहने कम्पनीले बताएको छ ।

हाल कम्पनीले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा लगायत डिजिटल प्ल्याटफर्म मार्फत क्लियर टीभी च्यानल सेवा प्रदान गरिरहेको छ ।