कीवर्डहरू -

अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट

अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट

अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट बनाएका छन् । यो मस्तिष्क शल्य चिकित्सा गराएको बिरामीमा जोड्न सकिन्छ ।

यसलाई एकदमै दर्दनाक मस्तिष्क चोटहरुको डेटा प्रयोग गरेर निर्माण र प्रशिक्षित गरिएको छ । यसले मस्तिष्कको गतिविधिमा ध्यान पुर्‍याउने गर्दछ । यसलाई हेलमेटको आकार दिइएको छ ।

जेडीनेट डटकमको अनुसार तार नभएको सञ्चार प्रयोग गरेर हेलमेटले सबै संकलन गरेको डेटा स्वास्थयकर्मीलाई पठाउन सक्छ ।

शल्यक्रिया पछि विरामीलाई सिजर डिसअर्डर हुदा विरामीलाई मिर्गी रोग पनि लाग्न सक्छ । अहिलेको प्रविधिले यी सिजरलाई ट्रयाक गर्न गाह्रै पर्नै  गर्दछ ।

किनभने यो ट्रयाकीङ्ग विरामीलाई अस्पतालमा २४ घण्टा राखेर मात्रै गर्नै गरिन्छ तर यो हेलमेटको कारणले विरामीहरु आफ्नो खुशी घुमेर, आफ्नै घरमा आरामले बसेर नै ट्रयाक गर्न सकिन्छ । यसले त्यही समयमा डेटा संकलन गर्न दिन्छ । यसले डाक्टरहरुलाई पनि एकदमै सहज गर्ने छ ।