कीवर्डहरू -

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सुरु भएको छ ।

बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् ।

आगामी माघ महिनाभरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रनर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निःशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने बताइएको छ ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर द्वीविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीमप्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।