कीवर्डहरू -

सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?  

सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?  

भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ । हालै एनालिटिक्स फर्म एप एनीले मोबाइल एप ट्रेन्डमा २०२० को वार्षिक रिपोर्ट निकालेको छ ।

उक्त रिपोर्टको अनुसार टिकटकले फेसबुकलाई ओगटेर पहिलो स्थान लिनमा सक्षम भएको छ । एप एनीको रिपोर्ट अनुसार टिकटकले अर्को वर्ष १ बिलियन मासिक सक्रिय प्रयोगकर्ता पाउने अनुमान गरिएको छ ।

फेसबुक र फेसबुककै अरु एपले नै दोस्रो, तेस्रो र पाँचौँ स्थान पाउन सफल भएका छन् । दोस्रोमा फेसबुक, तेस्रोमा ह्वाट्सएप, पाँचौँमा इन्स्टाग्रामले स्थान पाएको छ ।

जूम भने चौथो सबैभन्दा बढी डाउनलोड हुने एपमा परेको छ । यो डेटा एन्ड्रोइड र आईओएसको मिलाएर तयार पारिएको हो । अरु धेरै डाउनलोड गरिएको एपमा भने मेसेन्जर, गूगल मीट, स्नापच्याट, टेलिग्राम र लाइक पर्ने गर्दछन् ।