कीवर्डहरू -

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल

ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म उक्त सेल चल्नेछ ।

ग्यापुले हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीका सामान सेलमा राख्नेछन् । उक्त सेलबारे  ग्राहकले ग्यापुको फेसबुक पेज लाइभ मार्फत थाहा पाउनेछन् ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ(सेवा मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।