कीवर्डहरू -

एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे

एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे

कोरोना महामारीले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरुले गत साल भन्दा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरिरहेको पाइएको छ ।

एनालिटिक्स सालको अन्तिम रीपोर्ट अनुसार एन्ड्रोइड प्रयोगकर्ताहरुले आफ्नो फोनमा ३.३ ट्रिलियन घण्टा बिताएको पाइएको छ । तर यत्रो समय भने यादै नगरिकनै इन्स्टाग्रााम र ट्वीटर चलाएर जानुभन्दा प्रयोगकर्ताहरुले जूम, माइक्रोसफ्ट टिम्स जस्ता भिडियो कन्फेरेन्सिङ्ग एप चलाएर समयको वृद्धि भएको हो ।

एप एनीको सर्वेक्षण अनुसार कोभिडको महामारीले गर्दा वर्क फर्म होमको बानी सुरु भएकाले धेरै प्रयोगकर्ताहरुले यो वर्ष व्यवसायीक एपहरुमा दोबर समय बिताएको पाइएको छ । २०२१ मा पनि यही चलन रहिरहने अनुमान लगाइएको छ ।

एन्ड्रोइड एपको डाउनलोड पनि १० प्रतिशतले बढेको छ । गेमहरुको डाउनलोड ४५ प्रबढेको तिशतले छ । टिकटकले एपहरुमा सबैभन्दा क्रियाशील प्रयोगकर्ता पाएर प्रथम स्थान लिनका लागी सक्षम भएको छ ।

जूम र गूगल मीट जस्तो भिडियो कन्फेरेन्सिङ्ग एप पनि डाउनलोड हुनेमा टप १० स्थानमा परेका छन् । अमङ्ग अस र लुडो किङ्ग जस्ता गेमले यो वर्ष एकदमै चर्चा पाएका छन् । मान्छेहरुले अझै भिडियो स्ट्रीमिङ एपहरु डाउनलोड गर्ने भएर मोबाइल राजस्व १२० बिलियन डलर पुग्ने अनुमान लगाइएको छ ।