कीवर्डहरू -

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरेको छ ।

उपहार योजना अन्तरगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो । बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए ।

मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपीर इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।