कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो ११० इन्चको माइक्रोएलइडी टिभी 

सामसङले सार्वजनिक गर्‍यो ११० इन्चको माइक्रोएलइडी टिभी 

विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ११० इन्च माइक्रो एलइडी टिभी सार्वजनिक गरेको छ । यो टिभी अहिले प्रिसेलको लागि दक्षिण कोरियामा उपलब्ध भएको छ ।

कम्पनीले गत दुईवर्षमा माइक्रोएलडी प्रविधि प्रयोग गरी विशाल डिस्प्ले प्रदर्शन गरिरहेको छ । कम्पनीले सन् २०१८ मा १४६ इन्चको टिभी सार्वजनिक गरेको थियो ।

सामसङको यो माइक्रो एलइडी टिभी स्केलेबल रहेको छ । भने यसलाई कुनै पनि साइजको डिस्प्ले सिर्जना गर्न प्रयोग गर्न सकिन्छ ।

यसले फोरके एचडीआर केनटेन्ट प्रदर्शन गर्न सक्छ । साथै यसमा मल्टी भ्यु फिचरको सुविधा रहेको छ । यो मोडल ५.१ सराउण्ड साउण्ड क्यापाबिलिटीको साथ आउँछ ।

११० इन्चको माइक्रोएलइडी टिभी सन् २०२१ को पहिलो त्रैमासिक सम्ममा विश्व बजारमा उपलब्ध हुनेछ ।