कीवर्डहरू -

ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ

ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ

सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने भएको छ । एन्ड्रोइड अथोरिटीको अनुसार भारतको बेङ्गलुरुमा ग्यालेक्सी एस २१ सिरिजको प्री अर्डर गर्न मिल्ने सुविधा पनि निकालिएको छ ।

यसमा एस २१ प्लस र एस २१ अल्ट्रा मोडेल पर्ने गर्दछन् । ग्राहकहरुले २७ डलर दिएर स्थान बनाउन सक्छन् र मोडेल निकालिएपछि भने कुन मोडेल किन्ने भनेर निर्णय गर्न सक्दछन् ।

अहिले सम्म डिभाइसको मूल्य भने सार्वजनिक भएको छैन् । एन्ड्रोइड अथोरिटीको अनुसार स्टयाण्डर्ड एस २१ भने खैरो, गुलाबी, बैजनी, चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ त्यस्तै एस २१ अल्ट्रा मोडेल भने गुलाबी, बैजनी, चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ ।

अझै हाई एण्डको एस २१ अल्ट्रा मोडेल भने चाँदी र कालो रङ्गमा उपलब्ध हुनेछ । रिपोर्टको अनुसार तीन ओटै मोडेलले स्न्यापड्रागन चीपसेटको सट्टा सामसङको एक्सीनोस २१०० प्रोसेसर प्रयोग हुनेछ ।

एन्ड्रोइड अथोरिटीको अनुसार एस २१ अल्ट्रा मोडेलमा भने १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा र दुई ओटा सेकेन्डरी १० मेगापिक्सेलको सेन्सर हुनेछ ।