कीवर्डहरू -

ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा

ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा

स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको जनाइएको छ ।

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ फ्यान्स फेस्टिभल’ क्याम्पेन जनवरी १० २०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ ।

नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आदर्णिय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।

सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ओफ्यान्स स्पेस आईएमईआई र आईओटी उपकरणका लागि ओफ्यान्स स्पेस सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ ।

यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।

विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने छ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।