कीवर्डहरू -

दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ

दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा  एकजना पक्राउ

काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा शनिबार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेका छन् ।

उनलले उक्त एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

तोडफोडबाट एटीएम मेसिनको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको प्रहरीले जनाएको छ ।