कीवर्डहरू -

आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर 

आविष्कार केन्द्रले बनायो हेलिकोप्टरमा कोरोनाका बिरामी बोक्न मिल्ने आइसोलेसन च्याम्बर 

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न मिल्ने आइसोलेसन च्याम्बर बनाएको छ ।

अहिले नेपालमा मनाङ हेलिकोप्टर प्रालि र कैलाश हेलिकोप्टर सर्भिसेस कम्नीले मात्र हेलिकोप्टरमार्फत कोरोनाका बिरामीहरु बोक्न स्वीकृत पाएका छन् ।

त्यस्तै आविष्कार केन्द्रले बनाएको आइसोलेसन च्याम्बर मनाङ एयरले प्रयोग गरिरहेको केन्द्रका संस्थापक महाबिर पुनले जानकारी दिए ।

आविष्कार केन्द्रले नेपालमै तयार पारेको सो आइसोलेसन च्याम्बरको मूल्य ८० हजार रुपैयाँ मात्र पर्ने जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ ।