कीवर्डहरू -

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भएको छ । अब ट्वीटरको शेयर मेन्यूमा स्न्याप क्यामेरा पनि देखिने छ ।

कम्पनीले आगामी दिनमा इन्स्टाग्रामका लागी पनि यही फिचरको जाँच गर्ने भएको छ । ट्वीटर बाहेकको अरु एपमा पनि ट्वीट इमपोर्ट गर्दा ट्वीट भने ट्वीटर मै देखिएको जस्तो देखिन्छ । स्न्यापच्याटमा भने वास्तविक ट्वीटको लिङ्क पनि रहनेछ ।

ट्वीटरले पछि इन्स्टाग्राममा पनि त्यस्तै जोड्ने फिचर राख्ने छ । यो प्रक्रिया भने स्क्रीन सट लिएर पोष्ट गर्नुभन्दा सहज हुनेछ । यसले ट्वीटरलाई आफ्नो सामाग्रीमा अझै क्रेडिट लिने मौका दिन्छ ।

हाँसउठ्दो ट्वीटहरु इन्स्टाग्रामको मीम पेजहरु र अरु निजी अकाउन्टहरुमा एकदमै सेयर गरिन्छ तर मान्छेहरुलाई ट्वीटर सम्म लैजाने भने कुनै उपाय हुदैन थियो ।

तर अब भने प्रयोगकर्ताहरुले वास्तविक पोष्ट हेर्न ट्वीटरमै गएर अरु टवीटहरु पनि हेर्न सक्नेछन् । यस्तो तरीकाले सेयर गर्न दिदा ट्वीटरको कन्टेन्ट पनि राम्रो देखिने छ ।