माध्यमिक तहमा विज्ञान विषयलाई अनिवार्य रुपमा अध्यापन गराउदै आइएको छ । विद्यार्थीलाई खोज र आविष्कारको सैद्धान्तिक र व्यवहारिक दुवै पक्ष समावेश गरिनाले विज्ञान विषय निकै महत्वपूर्ण मानिन्छ । अन्य विषयभन्दा फरक भनेकै विज्ञान विद्यार्थीले पढेर नभई सिकेर जान्दछन् । तर , विद्यालय शिक्षामा विज्ञान विषयलाई हेर्ने हो भने यसको पठनपाठन देखि विद्यार्थीमा व्यवहारिक नतिजाको अवस्था दयनीय छ ।
‘ विज्ञान विषयले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सिप प्रदान गर्दै आर्थिक उन्नति दिने खालको शिक्षा दिनुपर्छ । तर, अहिलेको विज्ञान शिक्षा ठीक उल्टो छ ,’ शिक्षा विद् डा . विद्यानाथ कोइराला भन्छन् । उनको विचारमा विज्ञान , गणीत जस्ता विषय निकै चाखलाग्दा र रचनात्मक हुन्छन् । तर , पठनपाठनको गलत अभ्यासले यति सरल विषयलाई पनि जटिल विषय बनाएको उनको तर्क छ ।
२ वर्षअघिसम्म सञ्चालन भएको एसएलसी परीक्षामा विज्ञान र गणीत विषयमै सबैभन्दा बढी विद्यार्थी अनुत्तिर्ण हुन्थे । पछिल्लो एसईई परीक्षामा पनि यी विषयमा धेरै विद्यार्थी कमजोर देखिए । ‘ सिक्ने / सिकाउने पद्धति अझै परम्परागत रुपले भइरहँदा फरक नतिजा आउन सकिरहेको छैन । विज्ञान जस्तो निकै खोजपुर्ण र चाखलाग्दो विषय राम्रोसँग नपढाउँदा विद्यार्थीका लागि जटिल भइरहेको छ ,’ प्रा . डा . कोइरालाले भने ।
विज्ञान भनेर हामीले अन्यन्त्रै खोज्यौं घरमा भएका जीवनमा भएका विज्ञान तर्फ चासो नै देखाएनौं । तरकारीमा पहिला बेसार र पछाडि नुन राख्छौं तर यो किन हो भनेर कहिले पढाएनौं अर्थात हाम्रो विज्ञानलाई लगेर ज्ञानसँग जोड्ने तर्फ ध्यानै दिएनौं । साइन्स इज एभ्रिवेयर भनेर हामीले कहिल्यै विद्यार्थीहरुलाई बुझाउन सकेनौं ।
सन् १९५० ताका अहिलेका युरोप अमेरिकामा पढाइ भएको विज्ञान अहिले नेपालमा पढाइ भइरहेको भन्दै तनहुँस्थित खैरेनी उच्च माविका प्राचार्य केशवराज घिमिरे भन्छन् , ‘ शिक्षामा डिजिटाइज हुन सकेको छैन । पढाउने शिक्षक नै आधुनिक रुपले पढाउन जान्दैनन् । साइन्स ल्याब , कम्प्युटर ल्याब , मल्टिमिडिया ल्याब जस्ता भौतिक पूर्वाधार भएका विद्यालमा समेत शिक्षक विज्ञान बुझाउन सक्दैनन् । ’ सिक्ने र सिकाउने दुवै पक्ष जागरुक हुने हो भने विज्ञान जस्तो सजिलो , चाखलाग्दो र जीवनउपयोगी विषय अरु कुनै नभएको उनी बताउछन् ।
विज्ञान शिक्षा , सधै निराशा
नेपालमा करिब ३६ हजार सामुदायिक र करिब ६ हजार निजी विद्यालयमा गरेर झण्डै ७५ लाख स्कुले विद्यार्थी छन् । त्यसमध्ये माध्यमिक तहमा ५ लाख र उच्च माध्यमिक तहमा ५ लाख छन् । ९ विश्वविद्यालयमा झण्डै ५ लाख उच्च शिक्षा विद्यार्थी अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्यांङ्कले देखाउछ । नेपालमा सन् १९९२० देखि त्रिचन्द्र कलेजमा विज्ञान विषय पढाउन थालिएको थियो । त्यतिबेला विद्यालय तहमा विज्ञानलाई ऐच्छिक विषयको रुपमा राखिएको थियो । पछि विज्ञानलाई अनिवार्य विषयको रुपमा राखिएको छ । हाल विद्यालय तहको रुपमा ९ कक्षादेखि १२ सम्मको परिभाषित गरिएको छ ।
शिक्षाविद् प्रा . डा . कोइराला आधारभूत तहदेखि नै विज्ञानका विषय नराख्नु र वैज्ञानिक रुपले अध्ययन नगराइनुले समस्या उब्जाएको तर्क गर्छन् । भन्छन् , ‘ विज्ञान शिक्षा भनेको नै फरक शिक्षा हो भनेर हामीले पढायौं । गाँउघरमा आधि गाग्रो पानी वोक्दा गाग्रो छचल्कियो , भरी गाग्रो पानी बोक्दा पानी छचल्किएन तर यस्मा भएको साइन्स खोजेनौं । अर्थात विज्ञान भनेर हामीले अन्यन्त्रै खोज्यौं घरमा भएका जीवनमा भएका विज्ञान तर्फ चासो नै देखाएनौं । तरकारीमा पहिला बेसार र पछाडि नुन राख्छौं तर यो किन हो भनेर कहिले पढाएनौं अर्थात हाम्रो विज्ञानलाई लगेर ज्ञानसँग जोड्ने तर्फ ध्यानै दिएनौं । साइन्स इज एभ्रिवेयर भनेर हामीले कहिल्यै विद्यार्थीहरुलाई बुझाउन सकेनौं । ’
हालै एसईई परीक्ष सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३ / ७४ मा चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी परिक्षामा सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ माथि कसैले पनि ल्याउन सकेनन् । यस्तोमा गणीत र विज्ञान विषयमा कम अंक ल्याउने विद्यार्थी धेरै थिए । यी विषयमा थोरै अंक ल्याउदा विद्यार्थीहरुले समग्र परीक्षामा कम जिपिए ल्याए । यस्ता विषयमा कमजोर भएकै कारण उच्च मावि र विश्वविद्यालय तहमा विद्यार्थीहरुले यी विषय पढ्न खोज्दैनन् ।
सरकारी विद्यालयमा मात्रै होइन , निजी विद्यालयका विद्यार्थीहरुले पनि विज्ञानलाई प्रयोगात्मक रुपमा नजानी एकोहोरो घोकेर अंक ल्याएका छन् । ‘ यसले गर्दा विद्यार्थीहरुमा भविष्यमा विज्ञान क्षेत्र रोज्ने सम्भावना निकै कम भएको हो ,’ प्रा . डा . कोइरालाले भने । ‘ शिक्षक नै गैरजिम्मेवार छन् । यति सजिलो र रुचि लाग्दो विषयलाई कत्तिपनि व्यवहारिक रुपले पढाउन सकेनन् ,’ उनी भन्छन् , ‘ शिक्षकले आफूले जानेका कुराहरु पनि राम्रोसँग सिकाउन नसक्नु नै विद्यार्थी अनुत्तिर्ण र कमजोर हुनुको कारण हो । ’
किन गुणस्तर हुन सकेन ?
सामान्यतया : विज्ञानले प्रमाण र प्रायोग खोज्छ । कक्षामा पढेका र सिकेका विज्ञानका सिद्धान्त , सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित गरेपछि नै विद्यार्थीले सिक्दछ । ‘ विद्यार्थीले जबसम्म आफै अनुभुती गरेर जान्दैनन् , त्यसले विज्ञान पनि जान्दैन ,’ प्रा . डा . कोइराला भन्छन् । विद्यार्थी आफैले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्नेमा उनको जोड छ । ‘ तर , हाम्रा अधिकांश विद्यालयमा दस कक्षासम्म विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन् । विद्यालयमा केही शिक्षकले पढाएका छन् केहीले छैनन् , त्यसैको मारमा विद्यार्थी परेका हुन् ,’ उनले भने । .
अहिलको नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका शिक्षकका कारण नतिजा खस्केको शिक्षाविद् बताउँछन् । ‘ शिक्षकलाई आवश्यक तालिम , ज्ञान र सामाग्री छैन , जसले गर्दा उनीहरु आफैँ पनि समस्यामा छन् । सरकारले हाल शिक्षक सेवा नियमावली संशोधन गरी विज्ञान , गणित , अंग्रेजी , लेखालगायत विषयमा अन्य संकाय पढेकाले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । तर , धेरै विद्यालयहरुले दक्ष शिक्षककै अभाव झेलिरहेका छन् ,’ काठमाडौंस्थित पद्मोदय माविका विज्ञान शिक्षक विनोद भट्ट भन्छन् । उनी थप्छन् , ‘ कम्तीमा रगंीन पृष्ठमा विज्ञानका विषयवस्तु राखिदिने हो भने मात्रै विद्यार्थीमा छुट्टै प्रकारको रुची बढ्न थाल्छ । ’
-शिक्षकमै
कमजोरी
भनिन्छ
, ‘
विना
गुरु
विज्ञान
विषयको
अध्ययन
अपूर्ण
नै
हुन्छ
।
दक्ष
गुरु
विना
उसले
उत्पादन
गर्ने
चेला
पनि
कमशल
नै
हुन्छन्
।
दक्ष
गुरु
विना
भावी
रेखा
स्वयंमले
कोर्छु
भन्नु
गलत
नै
हुन्छ
।
’
यसकारण
विज्ञान
पढाउने
शिक्षक
पनि
समयानुकल
दक्ष
हुन
आवश्यक
छ
।
तर
नेपालको
परिप्रेक्ष्यमा
पुरातन
शैलीमै
अध्यापन
भइरहेकाले
विद्यार्थीले
उचित
ज्ञान
हासिल
गर्न
सकेका
छैनन्
।
शिक्षाविद्हरु यसलाई जेनेरेशन ग्यापका कारण मान्छन् । शिक्षकले आफूले जसरी सिक्यो त्यसरी नै आजकलका विद्यार्थीलाई सिकाउन खोज्छ । ‘ एउटा शिक्षकले विद्यार्थीको लर्निग क्यापेबिलिटी बझ्न पदर्छ । विद्यार्थी कसरी सिक्न चाहन्छन् भन्ने कुरा स्यवम शिक्षकलाई थाहा हुनुपर्छ । तर शिक्षक आफैले विज्ञान गारो छ भनेर हतोत्साहित गराउछन् । विद्यार्थीमा यसको मनोवैज्ञानिक असर पर्न जान्छ ,’ प्राचार्य घिमिरे भन्छन् । उनी थप्छन् , ‘ विज्ञान सजिलो छ भनेर कहिल्यै पनि पढाइएन । राम्रोसग कोर्शसमेत पुरा नगर्ने शिक्षकहरु प्रशस्त छन् । ’
आफ्नो पालामा जे पढे त्यही अनुसार शिक्षकले पढाइरहेको उनको भनाइ छ । ‘ सिलेबल चेन्ज भएको छ , हरेक च्याप्टरमा प्राक्टिकल राखिदिएको छ , तर शिक्षकले यी कुरालाई वास्तै गर्दैनन् । ८० प्रतिशत शिक्षकहरु विज्ञानमा अपडेटेड छैनन् । अर्को समस्या ५५ वर्ष माथिका शिक्षकहरु भएर नि होला । आजकलका बच्चा कसरी सिक्न चाहन्छन् भन्ने कुरा बुझ्ने शिक्षकको अभाव देखिएको हो ,’ घिमिरे भन्छन् ।
-विज्ञानको अवैज्ञानिक पाठ्यक्रम
हाल विद्यालय तहमा राखिएको शैक्षिक पाठ्यक्रमको कारण पनि समस्या आइरहेको सरोकारवाला बताउछन् । ‘ पाठ्यक्रम व्यवहारिक नै भएनन् । बाहिरबाट नक्कल गरी पाठ्यक्रम बनाइन्छ । अनि एकैपटक धेरै च्याप्टर राखिन्छ । विषयवस्तु वर्षोसम्म परिवर्तन गराउन सक्दैनन् ,’ प्राचार्य घिमिरे भन्छन् । उनले स्थानीय रुपमा सहयोग हुने खालका कन्टेन्ट राख्न सक्ने हो भने धेरै हदसम्म अवस्था फेरिने तर्क राख्छन् ।
‘ साबुन बनाउने तरिका , बिजुलीको बल्ब बनाउने तरिका हाम्रो वातावरणमा उपलब्ध स्रोतबाट जानिन्छ । दैनिक जीवन उपयोगी हुने कुरा सिकाउदा चाडै जान्दछन् ,’ उनले भने । विषयवस्तु धेरै राख्नभन्दा थोरै तर व्यवहारिक हुनेगरी राख्नपर्ने जोड उनको छ । तर अहिले नेपालमा शिक्षामा नक्कल गर्ने चलन छ । शिक्षा ऐन र नियमावली परिमार्जन गर्न बसेका मान्छेहरु विदेश भ्रमणमा जान्छन् अनि उतैको कन्टेन्ट कपी गर्दै यहाका विद्यार्थीलाई थोपरिदिन्छन् । यसले शिक्षक र विद्यार्थी दुवैलाई अप्ठ्यारो परिरहेको देख्न सकिन्छ ।
शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले आफुहरु पाठ्यक्रमलाई सरलीकृत ढंगले रुपान्तरण गर्ने काम गरिरहेको बताउछन् । उनले शिक्षा विभागमातहत विद्यालय सञ्चालक , व्यवस्थापकलाई अभिमुखिकरण तालिम दिदै आएको र यस क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न सम्बन्धित सबैको भुमिका रहने स्पस्ट गरे ।
-प्राक्टिकल
अंक
हचुवाकै
भरमा
कक्षा
१०
मा
अनिवार्य
रुपमा
२५
अंकको
प्राक्टिकल
हुन्छ
।
तर
,
अधिकांश
विद्यालयलमा
हचुवाकै
भरमा
२५
मा
२५
अंक
दिएर
पठाइन्छ
।
‘
नेपालमा
२
/
४
ओटा
स्कुलमात्रै
छन्
होला
प्राक्टिकल
गराएरै
अंक
दिने
।
यसको
सबैभन्दा
ठूलो
भार
विद्यार्थीलाई
परेको
छ
।
प्राक्टिकल
नै
नगराएपछि
विद्यार्थीलाई
पूर्ण
अंक
दिनुपर्ने
कुरा
स्वभाविकै
भए
पनि
थ्योरीमा
बल्तल्ल
पास
भएको
वा
फेल
भएको
विद्यार्थीले
प्राक्टिकलमा
पुरा
अंक
पाउनु
व्यवहारसंगत
देखिदैन
।
यसलाई
गलत
अभ्यास
मान्नैपर्छ
,’
पद्मोदयका
शिक्षक
भट्ट
भन्छन्
।
हुन
पनि
प्राक्टिकल
नै
नगराएपछि
कसलाई
बढी
कसलाई
कम
अंक
दिने
? ‘
प्राक्टिकल
कक्षा
कम
भयो
।
कतिपय
विद्यालयमा
सामग्री
नै
छैन
,’
उनी
भन्छन्
।
-अनि
विज्ञान
ल्याब
पर्याप्त
छ
त
?
धेरै
सामुदायिक
र
निजी
विद्यालयमा
अझै
पनि
विज्ञानसम्बन्धी
प्रयोगशाला
छैनन्
।
केही
विद्यालयले
उच्चमावि
तहको
विज्ञान
पनि
सञ्चालन
गरेकाले
देखाउनकै
लागि
ल्याब
सुरु
गरेका
छन्
।
तर
जसरी
सदुपयोग
हुने
र
विद्यार्थीले
सिक्नुपर्ने
थियो
त्यो
हुन
नसकिरहेको
सरोकारवाला
बताउँछन्
।
सामदायिक
विद्यालयमा
एनजिओ
र
सरकारमार्फत
विज्ञानका
सामाग्री
किने
पनि
दराजमा
थुपारिएको
छ
।
‘
शिक्षक
नै
जागरुक
नहुदा
त्यस्ता
सामाग्री
विद्यार्थीले
देख्न
पाएका
होलान्
तर
प्रयोग
गर्न
पाएका
छैनन्
।
अपडेटेड
शिक्षक
भए
विद्यार्थीले
अवसर
पाउछन्
,’
प्राचार्य
घिमिरेले
भने
।
विज्ञान प्रयोगशालालगायतको विज्ञानको भौतिक पुर्वाधार वितरणमा पनि सरकारको नीति असमान रहेको सरोकारवाला बताउछन् । आफूखुसी विद्यालयलाई सामाग्री दिनाले विद्यार्थीहरुमा थप विभेद हुने गरेको छ । त्यस्तै विज्ञान ल्याबको अभावकै कारण प्रयोगात्मक शिक्षा हुन नसकेको कुरामा भने प्रा . डा . कोइराला सहमत छैनन् । ‘ शिक्षककै गैरजिम्मेवारीपनका कारण विद्यार्थीहरु पछि परिरहेका हुन् । विद्यार्थीका लागि एउटा घर , समाज नै प्रयोगशाला हो । आफु नजिकको परिवेश नै प्रयोगशाला हो । विज्ञान ल्याब भएन भनेर उम्किनु गैरजिम्मेवारीपन नै हो ,’ उनले भने । उनका अनुसार विद्यालय स्तरमा प्रयोगात्मक क्रियाकलापका लागि पर्याप्त साधनहरु छैनन् । जसले गर्दा प्रत्यक्ष अनुभव गर्नुपर्ने विषय समेत अन्दाजमा चित्त बुझाउनु पर्ने अवस्था छ ।
ग्रामीण भेगका कतिपय स्कुलमा प्रयोगात्मक शिक्षाको मुद्धा त परको कुरा पाठ्यपुस्तक नै समयमा पुग्न सकिरहेको छैन । त्यस्तै शिक्षकको योग्यता र आवश्यकताअनुसार तालिम र क्षमता विस्तार नहुनु, शिक्षामा अति राजनीतिकरण, विद्यालयको अुनगमन नुहनु लगायतका कारणले पनि चुनौती आइरहेको छ ।
-नाम
मात्रका
तालिम
शिक्षकका
लागि
हुने
विभिन्न
तालिमहरु
नाम
मात्रै
हुने
गरेका
छन्
।
‘
तलिम
फलदायी
नै
छैन
।
तालिम
लिने
र
दिने
दुवै
भत्ताका
लागि
मात्रै
भयो
,’
पद्मोदय
माविका
शिक्षक
भट्टले
भने
।
उनले
भत्ता
बुझ्न
र
स्कुलबाट
काजमा
जानका
लागि
शिक्षकहरु
त्यस्ता
तालिममा
जान्छन्
।
तर
परिणाम
शुन्य
छ
।
आफै
योग्य
शिक्षकलाई
कसरी
पढाउने
भनेर
तालिम
दिनै
आवश्यक
नपर्ने
उनको
जिकिर
छ
।
भन्छन्
, ‘
कक्षा
९
र
१०
को
प्राक्टिकलका
लागि
छ
’
ट्टै
विशेष
तालिमको
खाचो
देख्दिन
।
र
भइ
आएका
तालिम
पनि
पैसा
पचाउने
र
सुविधा
लिने
प्रयोजनका
लागि
मात्रै
भएको
छ
।
’
सामुदायिक विद्यालयमा शिक्षकहरुको जागिर खाने र दिन कटाउने प्रवृत्ति र निजी स्कुलमा कसरी अंक बढी ल्याउने भन्ने होडले नै गर्दा व्यवहारिक पढाइ हुन नसकेको तर्क उनको छ । भन्छन् , ‘ विद्यार्थीलाई शिक्षकले घोकाइदिएको छ । विद्यार्थीलाई बोझ थमाइएको छ । तालिम त नाम मात्रको हो ।’
चुनौती र अबको बाटो
विज्ञान विषयबारे यति धेरै समस्याहरुको कुरा गरेपछि यसको दोषी को होला भन्ने कुरा पनि स्पस्टै देखिन्छ । मुख्य कुरा पठनपाठनमै समस्या देखिएको छ । ‘ विद्यालयमा पढाइ हुने विज्ञान शिक्षा जटिल छैन । तर , हामीले कहिल्यै विद्यार्थीको इच्छा बुझ्ने कोशिश गरेनौ र हाम्रो मूल्यांकन र अनुगमन भएन जसको प्रभाव परीक्षाफलमा देखियो । अनि वहस र छलफल चाहिँ प्रवेशिका परीक्षाको नतिजा पछि मात्रै । यसरी चुनौती बन्नुको पछाडि विषय शिक्षक , विद्यार्थी , अभिभावक , विद्यालय व्यवस्थापन समिति र परीक्षाप्रणाली मुख्य कारक रहेको बुझ्न गार्हो हुँदैन ।
विद्यालय तहमा विज्ञान शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न अब ठूलो आवश्यकता रहेको शिक्षाविद्हरुको निश्कर्ष छ । विज्ञान शिक्षाको गुणस्तर नउकासिदासम्म उच्च माध्यमिक वा विश्वविद्यालय तहको विज्ञान शिक्षाको गुणस्तरमा समेत सुधार आउन सक्दैन । विद्यार्थीमा वैज्ञानिक सोच र उत्सुकता विकास गर्न पनि विद्यालय तहदेखिनै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नु जरुरी छ । विद्यालयमा विज्ञान शिक्षा सैद्धान्तिक कक्षामा सीमित हुने भएकाले नै विद्यार्थीले विज्ञान विषय राम्ररी बुझ्न पाएका हुदैनन । फलतः विद्यार्थीलाई विज्ञान विषय जटिल र निरस बन्न पुग्छ ।
आज विज्ञान शिक्षामा देखिएको समस्याका कारण यसप्रति विद्यार्थीले हेर्ने दृस्टिकोण नै जटिल बनिरहेको छ । सरकारी स्कुलमा शिक्षकहरु जागिर पकाउने र निजी स्कुलमा शिक्षकहरु बढी अंक ल्याउने गरी पढाउदा व्यवहारिक ज्ञान हासिल गर्न सकेको दैखिदैन । कतिपय अवस्थामा पाठ्यक्रम र पाठ्य पुस्तकको तालमेल समेत छैन । शिक्षकहरु विज्ञानलाई जिवनउपयोगी ढंगबाट पढाउदैनन । अझ ग्रामीण भेगका कतिपय विद्यालयमा त विषय शिक्षक नै छैनन् ।
विज्ञान शिक्षामा सुधार नहुनुमा पक्कै शिक्षा मन्त्रालय वा राज्यका अन्य अंगहरुको पनि हात छ । मन्त्रालयका कर्मचारीमा स्वदेशी कार्यक्रम लैजाने र विद्यालय सुधारका लागी गाउँ - गाउँ पुग्ने , अनुगमनलाई कडा बनाउने भन्दा पनि तारे होटलका सेमिनारमा जाने , विदेशी कार्यक्रमलाई बढी प्राथमिकता दिने काम भएको देखिन्छ ।
यता विज्ञान शिक्षकको क्षमतामा प्रश्न आइरहँदा शिक्षक छनोटमा भइरहेको विभेदकारी नियम पनि भुल्नु हुदैन । क्षमता नभएको शिक्षक , समाजको मागअनुसार नभएको शिक्षक आदिका कारण विद्यार्थीले सही ज्ञान पाउन सकेका छैनन् । ग्रामीण भेगका कतिपय स्कुलमा प्रयोगात्मक शिक्षाको मुद्धा त परको कुरा पाठ्यपुस्तक नै समयमा पुग्न सकिरहेको छैन । त्यस्तै शिक्षकको योग्यता र आवश्यकताअनुसार तालिम र क्षमता विस्तार नहुनु , शिक्षामा अति राजनीतिकरण , विद्यालयको अुनगमन नुहनु लगायतका कारणले पनि चुनौती आइरहेको छ ।
जीवन उपयोगी हने शिक्षा प्रणालीको लागि बहस भएको धेरै भइसकेको छ । खासगरी यहाको परीक्षा प्रणालीमा मुल्याकंन गर्ने तरिकामै प्रश्न उब्जिएको छ । विज्ञानको पाठ्यक्रममा जीवनमा प्रयोग हुने वस्तुहरु राखिए पनि शिक्षक विद्यार्थी दुवैले बेवास्ता गर्ने गरेको पाइन्छ । प्रयोगात्मक भनेर राखिएका त्यस्ता युनिट वा विषय व्यवहारिक रुपमा शुन्य नै छ । सामान्यतः पढ्ने भनेको सिक्ने हो तर यहा पढ्ने भनेको परीक्षामा पास हुनका लागि मात्र हो भन्ने भ्रमहरु छन् । यसलाई प्रमाणित गर्ने काम विद्यमान परीक्षा प्रणालीले गरिरहेको छ ।
विज्ञानका पाठ्यक्रमको फ्रेमवर्कमै परिवर्तन गर्नपर्ने आवश्यकता छ । नेपालजस्तो कृषिप्रधान देशमा कृषिमा आधारित विज्ञानहरु पढाउन सके व्यवहारउपयोगी हुने थियो । कृषिलाई विज्ञानले रुपान्तरण गर्न सक्ने थियो । त्यस्तै जलविद्युत , वातावरण विज्ञान आदिसम्बन्धी सामाग्री राखिदिएको भए विद्यार्थीहरुले चाख मानी सिक्ने थिए । साथै शिक्षण विधिमा समेत डिजिटल प्रणाली भित्र्याउनु पर्नेमा अब ध्यान दिनुपर्ने बेला आएको छ ।