कीवर्डहरू -

मोटोरोलाका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् फिचर तथा मूल्य

मोटोरोलाका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् फिचर तथा मूल्य

मोटोरोलाले मोटो जि नाइन प्ले र मोटो इ सेभेन प्लस दुई नयाँ स्मार्टफोन सहित नेपाली बजारमा पुनरागमन गरेको छ ।

विश्वभरि नै १० करोडवटा बिक्री भएको मोटो इ र मोटो जि मोटोरोलाका विक्री वितरण भएका अत्यन्त लोकप्रिय उत्पादनहरू हुन् ।

६.५ इन्च डिस्प्ले भएको मोटो जि नाइन प्लेमा नवीनतम क्वालकम स्न्यापड्रयागन ६६२ चिपसेट राखिएको छ । भने फोनमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ट्रिपल रियल क्यामेरा छन् ।

यसमा ५००० एमएएचको ब्याट्री रहेको छ । जसले १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । मोटो जी नाइन प्लेको मूल्य नेपाली बजारमा १९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

त्यस्तै मोटो इ सेभेन प्लसमा ६.५ इन्च डिस्प्ले रहेको छ । यसमा क्वालकमको स्न्याड्रयाग्न ४६० प्रोसेसर प्रयोग गरिएको छ । ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको यस फोनमा ४८ मेगापिक्सेल रियर क्यामेरा रहेको छ ।

\"\"

५ हजार एमएएचको ब्याट्री रहेको फोनले १० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा मोटो इ सेभेन प्लसको मूल्य १६ हजार ५९० रुपैयाँ तोकिएको छ ।

‘हामी नेपालमा हाम्रा दुई स्मार्टफोन सहित पुनः प्रवेश गर्न पाउदा हर्षित छौं। मोटोरोला –भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक श्री प्रशान्त मणिले भने, ‘गुणस्तरका लागि ख्यातिप्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब्राण्ड भएकाले, हामी विश्वस्त छौं कि हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्नेछन्।’

मोटोरोलाको फोन खरिदमा फोनमा १ वर्ष वारेन्टी र ब्याट्री तथा चार्जरमा लागि ६ महिना वारेन्टी पाइने छ ।