कीवर्डहरू -

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अनुसार एप्पल हार्डवयेर टेक्नोलोजीजको एसभीपी जोनी स्राउजीको अनुसार यो इन्टर्नल सेलुलर मोडेमको कारणले अर्को रणनीतिक विचार ल्याउनमा मद्दत पुर्‍याउँछ ।

यसले एप्पलको भविष्यलाई पनि सुनिश्चित पार्ने कम्पनीको अनुमान रहेको छ । यसले लामो समयसम्म कम्पनीलाई सहयोग पुर्‍याउनेछ । कम्पनीले अहिले सम्मको आइफोन १२ मा क्वालकमको सेलुलर मोडेलको प्रयोग गर्ने गरेको छ ।

एप्पल र क्वालकम चीपमेकरले गत साल ६ वर्षको सम्झौतामा साइन गरेका थिए र ६ वर्ष सम्म क्वालकमले एप्पललाई आफ्नो चीप दिइरहने छ । सन् २०१९ मा एप्पलले इन्टेलको धेरैजसो स्मार्टफोन मोडेम व्यवसाय १ बिलियन अमेरिकी डलरमा किनेको थियो ।

कम्पनीले क्वालकमबाट पनि समयसमयमा इन्जिनियर झिकाइरहेको छ । कम्पनीले बिस्तारै अरु कम्पनीहरुमा भरपर्नु पर्ने बानीलाई हटाउँदै गइरहेको छ र आत्मनिर्भर बन्ने यात्रामा लागीपरेको छ ।

एप्पलले एक दशक अघिदेखि नै आफै प्रोसेसर बनाउन थालिसकेको छ । एप्पलले यही नोभेम्बरमा पनि म्याकबुक प्रो, म्याकबुक एयर र म्याकबुक मिनी आफ्नै म्याक प्रोसेसरले पावर गरेको थियो ।

एप्पलले आफ्नै सामाग्री प्रयोग गर्न थालेकाले इन्टेल र क्वालकमलाई भने असर पर्न सक्छ । एप्पलले इन्टेलको बिक्रीको लगभग ७ प्रतिशत र क्वालकमको ११ प्रतिशत राजस्वमा असर पर्न सक्छ ।