कीवर्डहरू -

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिमेल, गूगल ड्राइभ, मिट, ह्याङआउट,  डुओ, गूगल डक लगायत डाउन भएका छन् ।

युट्युब डाउन हुँदा वेबसाइट नखुल्ने, भिडियो हेर्न नसकिने प्रयोगकर्ताले जनाएका छन् । त्यस्तै जीमेलका प्रयोगकर्ताहरुले पनि मेल पठाउन र लगइन गर्न सकिरहेका छैनन् ।

साथै केही प्रयोगकर्ताहरुले गूगल सर्च इन्जिन पनि प्रयोग गर्न सकिरहेका छैनन् । यसबारे गूगलले कुनै पनि प्रतिक्रिया दिएको छैन् ।