कीवर्डहरू -

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेन्टहरुमा भुक्तानी गर्न सक्ने छन् ।

सेलपेका ग्राहकहरुले उक्त मर्चेन्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाइदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्ट समेत पाउनेछन् ।

उक्त सम्झौतापत्रमा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिसका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन् ।

डिजिटल कारोबार प्रवर्द्धन गर्न फोनपे र सेलपे बीच  सहकार्य भएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले फाईदा लिन सक्ने छन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १ लाख ६० हजार बढी मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सेलपेको मोबाइल एप डाउनलोड गरी आफ्नो बैंक खाता लिङ्क गरेर एपबाटै विभिन्न भुक्तानी गर्न तथा रकम ट्रान्सफर गर्न सकिन्छ ।