कीवर्डहरू -

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु गरेको छ ।

कोजेन्ट हेल्थले शुरू गरेको ई अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक र शुल्क तिर्न सक्नेछन् ।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा सुरु गर्दै भने ‘स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम् सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएका छौं।’

यो सेवाको शुरूसँगै अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी गरेको छ ।

यो सँगै इसेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने कम्पनीको विश्वास छ।

हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्र लगायतका निजी स्वास्थ्य संस्था प्लेटफर्ममा आबद्ध भएको कम्पनीले जनाएको छ ।

कोजेन्ट स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कोजेन्टले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माण गर्ने कार्य गर्छ ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट्स र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेको कम्पनीले बताएको छ ।